सरिताको पहिलो प्रस्तुती “आत्महत्या” छिट्टै बजारमा आउँदै

admin

काठमाडौँ, २१ जेठ : सरिताको पहिलो प्रस्तुती “आत्महत्या” बोलको गीत छिट्टै बजारमा आउँदैछ। गायक सन्तोष के.सी. र गायिका शर्मिला गुरुङको आवाजमा सजिएको उक्त गीतको भिडियो बजारमा ल्याउने अन्तिम तयारीमा हुँदैछ।

बजारमा ल्याउने तयारीमा रहेको गीतको भिडियोमा कलाकार सरिता, कृष्ण, अनु र अविनाषको अभिनय हेर्न सकिनेछ। दिपक गिरीको छायांकन, शिव पौडेलको सम्पादन र निर्देशक कपिल लामाको निर्देशन रहेको भिडियो निकै नै मार्मिक कथामा बनेको छ ।

विभिन्न रमणीय स्थलम छायांकन गरिएको भिडियो “बोल माया” गीतका निर्देशक कपिल लामाले निर्देशन गरिएको कारण पनि दर्शकले केहि नयाँ पाउने सरिताले बताएकी छिन ।

प्रतिक्रिया