२ दिनदेखि भोक भोकै सडकमा भौतारीरहेका यी ५ बर्षिय अबोध बालकका लागि भगवान बनेर आइन यी दिदि (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : धादिङ्गका ५ बर्षिय अनुज रिजाल यतिबेला सामाजिक संजालमा भाइरल नै भैरहेका छन्। आमा बुबाको मृत्युपछि उनि हजुरआमासंग बस्ने गर्थे। हजुरआमाले आमा बुबा दुवैलाई खाईहाल्यो अब मलाई नि खान्छ भनि बचन लगाएपछि उनि लुकेर टिपर भित्रको चिसो बालुवामा बसेर काठमाण्डौ आएको अनुजले बताए।

दुइ दिन दुइ रात भोक भोकै बाटो छेउमा बेसहारा बनेर सुतेर बसेका उनलाई कसैले पनि खाना दिएनन् । सहाराको खोजीमा उनि बाटोमै भौतारि रहेका थिए। अस्पताल जाने क्रममा सडकमा भौतारिरहेका अनुजमाथि यी दिदिको नजर पर्यो। दिदिले अनुजलाई बोलाएर सबै कुरा सोधे। बालकले पनि रुदै भने मेरो आमा पनि छैन बाबा पनि छैन , २ दिन देखि भोकै छु। बालकको दुखको बेदना देखेर उनले मन थाम्न सकिनन्। आफुले सहारा दिने भन्दै उनले लगिन। केहि दिन पछि अनुजको स्थितिबारे बुझ्न उनि धादिङ्ग पनि पुगेका थिए। त्यहाँको आर्थिक स्थिति अत्यन्तै नाजुक देखेपछि उनले अनुजलाई आफुसंगै काठमाडौँ ल्याएर पढाईरहेका छन्।

अहिले अनुज सरकारी बिद्यालयमा पढाई गरिरहेका छन् । आफु मर्यो भने आफ्नो छोरा छोरीको पनि यस्तै हालत हुने भन्दै पिडामा रहेको बालकलाई आफुले उद्दार गरेको महिलाले बताए। आफ्नो आर्थिक अवस्था कम्जोर हुदाहुदै पनि महिलाले ति बालकलाई छोरा बनाएर जिबन भर पाल्ने जिम्मेबारी पनि लिदै आएकी छिन।

उनको श्रीमान पनि अलपत्र परेको केहि बर्ष भैसकेको छ। २ सन्तानसहित ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका उनि ति अबोध बालकको स्थिति हेर्न नसकेर आफुसंगै राखेका छन्।

तपाईहरुको सानो सहयोगले यी अबोध बालकको भविष्य उज्ज्वल बनाउन सक्छौ। त्यसैले सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ। साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले हाम्रो अफिसियल फोन नम्बर ९८५१०१८०६३ सम्पर्क गर्न सक्नुहुनेछ।
बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू