विश्वकै सय प्रभावशाली महिलाको सुचिमा नाम परेकी भूमिका भन्छिन ‘अर्को जुनीमा पनि तेश्रो लिङ्गी नै हुन पाउँ’ (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन ।

 

अपोलिटिकलले टप ट्वान्टी, युवा नेतृत्व, सरकार र राजनीति, अभियन्तालगायतका विधामा विश्वका एक सय प्रभावशाली महिलाको सूची तयार पारेको हो । भूमिका बाल्यकालदेखि नै छोरा भए पनि छोरी जस्तै गाजल लाउने, दुईचुल्ठी बाट्ने, फ्रक लाएर खेल्न जाने अनि कम्मरमा गाग्री बोकेर हिड्ने गर्थे। कक्षा १० मा पढ्ने क्रममा उनलाई स्कुल प्रिन्सिपलले कपाल काटेर आउ भनेपछि उनले बिद्यालय नै जान छोडेका थिए।

फरक पहिचानकै कारण अनेक समस्या भोग्दै उनी १७ वर्षको उमेरमा ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगिन् । त्यहीबाट उनी कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ बनेकी हुन्।

संसारका प्रभावशाली महिलाको सुचीमा आफ्नो नाम पर्दा आफुलाई गर्भ लागेको र काममा सक्रिय हुन झन उर्जा थपिएको बताएकी छिन् । ‘‘सूचिमा परेको खबर पाएपछि निकै उत्साहित भएको छु,” उनले भनिन्, “अब उपलब्ध हुने मञ्चमा नेपालमा व्याप्त लैङ्गिक असमानता हटाउने उपायबारे बहस चलाउनेछु ।”

हाल उनि तेस्रो लिङ्गिको हकहितका लागि काम गर्ने संस्था ब्लु डायमण्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघमा उपाध्यक्ष, यौनिक तथा लैङ्गिक अल्पसंख्यक विद्यार्थी मञ्चमा कोषाध्यक्ष, महिलाको लागि लैङ्गिक समानता सम्बन्धि काम गर्ने संस्था ‘लुम’मा सल्लाहकारलगायतका बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन् ।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू