प्रहरीद्वारा ज्ञानेन्द्रमाथि कुटपिट भएको छैन भन्दा ५ बर्षिय नाबालकले पनि पत्याउदैन : रोशन जंग बस्नेत (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : रोशन जंग बस्नेत ज्ञानेन्द्र शाहीको समर्थक तथा बिद्यार्थी हुन् । प्रहरीले ज्ञानेन्द्र शाही माथि गरेको अमानविय व्यवहारप्रति उनले दुख व्यक्त गरेका छन्। मानवअधिकार आयोगले प्रहरीले नै यातना दिएका कारण शाही घाइतेको खुलासा गरिसक्दा पनि प्रहरीले भने आफ्नो गल्ति स्वीकार गरिएको छैन।

प्रहरीद्वारा ज्ञानेन्द्रलाई कुटपिट भएको छैन भन्दा ५ बर्षिय नाबालकले पनि पत्याउन सकिदैन। यत्रो घाउ चोट देखिएको छ ज्ञानेन्द्र शाहीको स्वास्थ्य स्थिति यति नाजुक छ र पनि प्रहरीले यातना नदिएको भन्नु यो सुनियोचित तरिकाले हत्याको प्रयास गरिएको उनले दाबी गरेका छन्।

भ्रष्टाचार बिरुद्ध आवाज उठाउने युवालाई सरकारले सम्मान दिनुको सट्टा प्रहरीको कुटाईबाट गम्भीर अवस्थामा पुग्दा पनि बेवास्था गरेको प्रति उनले खेद प्रकट गरेका छन्। सँधै नेपालका लागि नेपाली अभियानमा लागि परेका युवालाई बिना पक्राउ पुर्जी पक्राउ गरि यसरी कुटपिट गर्नु एकदम निन्दनीय काम भएको भन्दै प्रहरीकामहा प्रबक्ताले अब राजिनामा दिनु उचित रहेको उनले बताए। यस्ता प्रहरीले नेपालीको जनताको सुरक्षा दिन नसक्ने र कुटपिट गरिएको प्रहरीलाई ढाकछोप गरि सत्यतथ्य लुकाउन खोज्ने केहि गलत प्रहरीहरुले नैतिकताको आधारमा पनि राजिनामा दिनु पर्ने उनले बताएका छन्।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू