पक्राउ परेका अर्जुन क्षेत्रीलाई बाबाले दिए कडा संदेश : अघोरी बाबा (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : जेठ महिना भित्र भूकम्प आउछ भन्दै नेपाली जनतालाई त्रास फैलाउने फेस रिडर अर्जुन क्षेत्रिलाई महा मृत्युन्जय अब्दुत अघोरी बाबाले कडा जवाफ दिएका छन्। यसरी भुकम्प जान्छ भन्दै त्रास फैलाउनेले आफ्नो मृत्यु कहिले हुन्छ भन्नु सक्नु हुन्छ ? यस्ता हावा दारी कुरा गरेर नेपालीलाई तर्साउने भन्दै कडा जवाफ दिएका छन्। जन्म मरण भगवानकै हातमा रहेका कारण यस्ता कुरालाई मनमा लिएर डर पैदा नगर्न आफ्नो दर्शकहरुलाई बताएका छन्। प्रहरीले मगलबार फेस रिडर अर्जुन क्षेत्रिलाई जनतासामु त्रास फैलाएको आरोपमा पक्राउ गरिएको छ।

यस्तै एक टेलिभिजन कार्यक्रममा पनि ज्योतिष गोपाल कोइरालाले वि.स.२०७६मा ५ लाख नेपाली जनता मर्छ भन्दै बिबादस्पद अभिव्यक्ति दिएका थिए। उनलाई पनि महा मृत्युन्जय अब्दुत अघोरी बाबाले ‘के तिमि माफिया हो कि भाइरस छोड्न आटेको नेपालमा युरोपसंग मिलेर नत्र यत्तीकै ५ लाख नेपाली मृत्यु हुन्छ’ भनेका छन्। यस्ता झारपातका ज्योतिषहरुको कुरालाई सुनेर आफ्नो मनमा डर पैदा नगर्न आफ्नो दर्शकहरुलाई आग्रह गरेका छन्।

२० वर्ष देखि साधनामा लागेका महा मृत्युन्जय अब्दुत अघोरी बाबाले मानिसको मासु पनि खाएको दाबी गरेका छन्। अघोरी बाबाहरुले आफ्नो तपस्याको क्रममा जलिरहेको मानिसको शबबाट उछिट्टिएर आएको सानो टुक्रा मासु खाने गर्छन। उनले पनि आफ्नो तपस्या सिद्ध गर्न त्यसरी नै खाएका हुन्। यति मात्र नभई उनले आफुले बोलेको कुरा पुग्ने पनि बताउछन्।

हसिलो र अलग तरिकाले अंग्रेजी बोल्ने हुँदा उनको कुरामा सबै मोहित हुने गर्छन। माग्ने बुढा जस्तो देखिने बाबा भनेर पनि धेरैको प्रतिक्रिया आईरहेको छ। उनको सोच र बोली सबै व्यक्तिको लागि दार्शनिक बन्ने गर्छ।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू