ज्ञानेन्द्र शाहीको स्वास्थ्य अवस्था नाजुक, बोल्न र हिड्डुल गर्न सक्दैनन् (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : ट्रमा सेन्टरमा उपचारत सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको स्वास्थ्य स्थिति एकदमै नाजुक रहेको छ। प्रहरीको चरम यातनाका कारण उनि बोल्न, हिड्डुल पनि गर्न सकिरहेका छैनन्। शाहीका समर्थकहरुले यसको चर्को बिरोध गरिरहेका छन्।

बिना पक्राउ पुर्जी शाहीलाई पक्राउ गरि चरम यातना दिएको आरोप समर्थकहरुले लगाइरहेका छ्न। मानवअधिकार आयोगले समेत प्रारम्भिक अनुसन्धानमा प्रहरीले कुटपिट गरेको खुलासा गरेका छन्। यद्दपी प्रहरीले भने आफुहरुले शाही माथि कुनै यातना नदिएको समर्थकहरुकै हातपातका कारण शाही घाइते भएको बताईरहेका छन्।

शाहीले भ्रष्टचार बिरुद्ध नेपालका लागि नेपाली अभियानको सुरुवात गरेका थिए। उनलाई सामाजिक संजालमा पत्रकारहरुलाई गाली गलोज दिएको आरोपमा साइबर क्राइम मुद्दा दर्ता गरिएको छ।

बाँकि हेर्नुहोस भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू