ज्ञानेन्द्र शाहीलाई सम्झेर धुरुधुरु रोए बा-आमा, उनी बसेको कोठा यस्तो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि भएको चरम यातनाको खबरले ११ वर्षसँगै बसेका ज्ञानेन्द्र शाहीको घरबेटी बा-आमा निकै दुखित भएका छन्। उनीहरुले त्यति असल व्यक्तिलाई कुट्ने प्रहरीलाई पनि कडा सजाय हुनुपर्ने माग राखेका छन्।

शाही काठमाडौँ आएको शुरुवातमा ललितपुरको महालक्ष्मी नगरपालिका चांगाथलीस्थित मीन बहादुर बस्नेतको घरमा कोठा लिएर बसेका थिए। 

घरभेटि मिन बहादुरको अनुसार, उनी त्यति खेर सामान्य विद्यार्थी थिए। त्यस ठाउँमा उनले ११ वर्ष विताए र सबैको मन पनि जितेका थिए। शाहीले विज्ञान पढेकाले  ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई विज्ञानको ट्युशन पढाउने गर्दथे। उनले मासिक एक हजार रुपैया भाडा तिरेर बसे। उनको कोठामा आवश्यक चिजमात्रै थियो। उनले त्यस घरको सबैको मन जित्न सफल भएका थिए। 

उनकी घरभेटि आमाले रुँदै भनिन्, ‘हाम्रो लागि मेरो छोराभन्दा विश्वासिलो थियो शाही। मेरो कान्छो छोरा सम्झेको थिए। धेरैलाई ट्युशन पढाएर पनि एक पैसा नलिने त्यस्तो असल व्यक्तिलाई १८ घण्टा बाधेर काठमाडौँ ल्याई त्यस्तो कुटपिट गर्नु हुन्थेन। हामीलाई निकै चित्त दुखेको छ।’ उनी पछि पनि भेटघाट गर्न आइरहने गरेको उनले बताईन। 

‘शाहीको आचारण निकै राम्रो छ। नेता बन्छु म, आमसभा गर्दै हिड्नुपर्छ भन्थ्यो। सुर्खेतको घटनाले निकै चित्त दुखेको छ। जनताले बोल्दा कुटपिट गर्ने राणा शाशन जस्तो भयो।’ ,मिन बहादुरले भने।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू