सेन्ट पिटर्सवर्ग, रूस, २४ जेठ: चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच बिहीबार भेटवार्ता भएको छ । रूसी राष्ट्रपतिको गृहनगर सेन्ट पिटर्सवर्गमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले इतिहासलाई सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । भेटमा दुई नेताहरूबीच विगत तथा वर्तमान् राजनीतिक अवस्थाका बिषयमा छलफल गर्नुभएको थियो । उहाँहरूबीच दुई देश र त्यहाँका जनताबीच आपसी मित्रता र समझदारीका लागि सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने सहमति भएको छ ।
दुई नेताहरूबीचको छलफलमा दुई देशबीच सांस्कृतिक तथा पर्यटकीय गतिविधिको प्रवद्र्धनका लागि जनता–जनताबीचको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहित गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ । भ्रमणले राष्ट्रपति सी तथा उहाँका रूसी समकक्षी पुटिनबीच हुने भेटवार्ताले चीन–रूसबीचको रणनीतिक साझेदारी र सहकार्यलाई बिस्तार गरी तथा नयाँ उचाइमा पुराउने विश्वास उहाँहरूले लिनुभएको छ ।
बितेका पाँच वर्षयता चीन र रुसका राष्ट्रनायकबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले बताएको छ । ती भेटले दुई देशबीच घनिष्ठ कार्यको सम्पर्क र गहिरो व्यक्तिगत मित्रताको पनि स्थापना गरेका दुवै देशका अधिकारीको बुझाई रहेको छ । उहाँहरूको कूटनीति चीन–रुस सम्बन्धका लागि स्थिर र परिपक्व विशेषतामध्येको एक बनिसकेको देखिन्छ ।
दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ । दुबै देशभित्रका विभिन्न परिवर्तनलगायतका विविध परीक्षामा सफलता मिलेको छ । चीन–रुसबीचको चौतर्फी रणनीतिक सहकार्यबाट दुई देशका जनताका साथैसमस्त विश्वको भावी विकासका लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ । रासस÷सिन्ह्वा