रुँदै अस्पताल पुगेकी आमा ज्ञानेन्द्र शाहीलाई भेट्दा भावुक बनिन्, रिहा पश्चात शाहीको मुहारमा छायो हाँसो (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : भ्रष्टचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीलाई शुक्रबार सर्बोच्च अदालतले रिहा गरिदिएका छन्। सर्बोच्चले उनको साइबर क्राइम मुद्दा कानुन बिपरित रहेको भन्दै शाहीलाई रिहा गर्न आदेश दिएका हुन्। उनको रिहाइ भएपछि समर्थकहरुले उनलाई यातना दिने प्रहरीलाई कारबाहीको माग पनि गरिरहेका छन्।

जेठ १५ गते भ्रष्टचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सहभागी रहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको थियो। हिरासतमा लिएपछि प्रहरीले चरम यातना दिएको भन्दै व्यापक रुपमा जनस्तर, बुद्धिजीविबर्ग तथा पत्रकारहरुले उनको रिहाइको माग गरेका थिए।

रिहाइ पश्चात शाहीलाई टिका र माला लगाएर समर्थकहरुले खुशी व्यक्त गरेका थिए। शाहीका समर्थक एक बृद्धा आमाले उनलाई खाता लगाउदै भ्रस्टचार बिरुद्ध लागि रहनसमेत आशिर्बाद दिएका छन। उनि शाहीको समर्थनका लागि केहि दिन देखि माइतिघर मण्डलामा रिहाईको माग गर्दै प्रदर्शनमा सहभागी जनाई रहेका थिए। रिहाई पश्चात मण्डलामा पत्रकारहरुसँग कुरा गर्दै शाहीले यो देशमा कानुन नमरेको र नेपालका लागि नेपाली अभियानमा रही भ्रष्टाचार बिरोधि अभियानमा निरन्तर लागिरहने बताएका छन।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू