ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिएको गैरकानूनी भएका कारण रिहा गरियो : अधिबक्ता (भिडियोसहित)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : भ्रष्टचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरि यातना दिएको गैरकानूनी रहेको अधिबक्ताले बताएका छन्। साथै देशको भ्रष्टाचारीहरु विरुद्ध आवाज उठाउने शाहीमाथि यातना दिनेलाई कानुनको दायरामा ल्याइने समेत उनले जनाएका छन्।

साइबर क्राइमको मुद्दा हेर्ने अधिकार राजधानीमा भएको तर पक्राउपुर्जी भने सुर्खेत जिल्ला अदालतबाटै जारी गर्नु कानुन सम्बद्त नभएको भन्दै सर्बोच्चले शाहीलाई रिहाई गर्न आदेश दिएका थिए।

प्रहरी भनेको कानुनको रक्षक हो। जनतालाई सुरक्षा दिने प्रहरीले शाहीलाई यसरि गैर कानुनी रुपमा हिरासतमा लिएर चरम यातना दिनु जघन्य अपराध हो। अहिले प्रहरी बिरुद्ध जाहेरी लिन अदालतले मानिरहेका छैनन्। तर पनि शाहीमाथि प्रहरीले दिएको यातनाको प्रमाण जुटाई कारबाही गराइने उनले बताए।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू