ज्ञानेन्द्र शाहीलाई यातना दिने माथी कारवाही नभए अन्तराष्ट्रिय स्तरसम्म जान्छौ : डा सुरेन्द्र भण्डारी (भिडियोसहित)

मनिषा थापा

पिएनपिखबर : भ्रष्टचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही रिहाई भएपछि यो जित ३ करोड नेपालीहरुको हो भन्दै डा सुरेन्द्र भण्डारीले खुसि व्यक्त गरेका छन्। साथै शाहीलाई हिरासतमा राखी यातना दिने बिरुद्ध कारबाहीको माग राखेका छन्।

यदि नेपाल सरकारले शाहीलाई यातना दिने माथी कारवाही गर्न नसके अन्तराष्ट्रिय स्तरसम्म जाने चेतावनी पनि दिएका छन। यसरी प्रहरीले गैरकानुनी रुपमा ज्ञानेन्द्र शाहीलाई पक्राउ गरि चरम यातना दिनु जघन्य अपराध भएका कारण जसरी भए पनि कारबाही गराइने उनले बताएका छन्।

डा सुरेन्द्र भण्डारी भन्छन ‘नेपालका लागि नेपाली अभियानमा कुनै दल, विचार, आस्था र राजतन्त्रको हाबी छैन। यसमा मात्र नेपाली नागरिक सामेल हुन् पाउछन्। नेपालमा भैरहेको अनैतिक गतिबिधिलाई रोक्न यो अभियान थालनी गरिएको हो। यसमा जुन सुकै पार्टी व्यक्ति सहभागी हुन् पाउछन्।

बाँकि हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू