६१ वर्षीय सेक्युरिटीगार्ड हजुरआमाको मनै रुवाउने जीवनसंघर्ष (भिडियोसहित)

शर्मिला गुरुङ

पिएनपिखबर : ६१ बर्षिय मनमाया महर्जन पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा बिगत ११ महिना देखि सुरक्षा गार्डको रुपमा कार्यरत छिन्। सुरु सुरुमा उनलाई देख्नेहरु अचम्मित हुदै हेर्ने गर्थे। आफुलाई पनि सबैले त्यसरी हेर्दा असहज महसुस गरेको उनले बताईन।

जीवनमा जहिले चोलो र फरियामा लगाएकी आमालाई एक्कासी पाइन्ट सर्ट लगाउन अफ्ट्यारो महसुस भयो। लाजले घरबाट निस्किन मुस्किल पर्यो। परिस्थिति भनौ या रहरले उनको त्यो लाजलाई ढाकि दियो। सानै देखि ज्याला मजदुरी गरि जीवन गुजारा गरेकी उनलाई यो काम निकै सजिलो लाग्छ।

घर नजिकै भारी बोक्न नपर्ने आफ्नो ज्यानले पनि गर्न सकिने काम भएका कारण उनले आफ्नै खुसिले गरेका हुन्। सुरक्षा गार्डको काम गर्नुअघि उनले घरमै कस्मेटिक पसल राखेकी थिइन्। पसलबाट खासै आम्दानी नभएपछि सुरक्षा गार्डको काम गरिन्। उनको बिबाह १६ बर्षको उमेरमा भएको मनमायाका पतिले उनलाई सात वर्षअघि नै छाडेर गए। उनका दुई जना जुम्ल्याहा छोरा र छोरी छन्।

छोरीहरुले काम गर्दा समयमा खानपिन हुने र शरीर पनि स्वस्थ हुने हुदा काम गर्नु राम्रो हो भन्छन। यसले उनलाई झन् हौसला प्राप्त भएको उनि बताउछिन।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू