ज्ञानेन्द्र शाहीको अभियानलाई डलरबादी भन्नेहरुलाई अभियन्ता किशोर शर्माले दिए कडा जवाफ (भिडियोसहित)

शर्मिला गुरुङ

पिएनपिखबर : बिगत १ बर्ष देखि नेपालका लागि नेपाली अभियानमा लागेका अभियन्ताहरुलाई अहिले विभिन्न आक्षेपहरु लगाउन थलिएका छन्। कतिले ज्ञानेन्द्र शाहीको अभियानकर्तालाई डलरबादी भन्न पनि भ्याएका छन्।

 

अभियन्ता किशोर शर्मा मरसाइनि भन्छन ‘ यस अभियानमा कुनै राजनीतिक दलको आबद्ध छैन। हामी आ-आफ्नै आम्दानीकै केहि भाग खर्च गरि देश बचाउनको लागि अभियानमा लागेको हो। यसरी देशमा भैरहेको गलत कार्य बिरुद्ध आवाज उठाउन हिडेका अभियान कसरी डलरबादी भए त्यो त आक्षेप लगाउनेहरुलाई नै थाहा होला। हामी स्वतन्त्र व्यक्ति हौ र स्वतन्त्र नै रही रहनेछ। ‘

हाम्रो अभियान विकट जिल्लाहरुमा एउटा सिटामोल खाना नपाएर छट्पटी रहेका नेपालीहरु, गुजारा चलाउन विदेश धाईरहने युवाहरुको आवाज उठाउनको लागि हो। युवाहरु दिन प्रति दिन विदेश गइरहेका छन्। तर सत्ता बस्नेहरु भने अरबौ सम्पति कुम्ल्याएर देशमा राज गरिरहेका छन्। आखिर कहिले सम्म हेरी बस्ने भन्दै हामी सबै युवाहरु यस अभियानमा जोडिएका हौ।

अब पनि हामी चुप बस्यौ भने देशमा कुर्सिको खेल मात्र भैरहनेछ । जबसम्म देशमा सु-स्वास्थ्य, सु-शिक्षा, भ्रस्टचार निर्मुल र युवाहरुले देशमै केहि काम गर्ने बातावरण सिर्जना हुदैन तबसम्म हामी निरन्तर यस अभियानमा लागि रहने अभियन्ता किशोर शर्मा मरसाइनिले बताए।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू