तल्लो जातले धाराको पानी छोयो भन्दै गाली गरेपछि खुकुरी प्रहार

शर्मिला गुरुङ

काठमाडौं : डाँछीमा शनिबार ‘तल्लो जात’ भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् । कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् ।

धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ । घटनापछि गम्भीर भाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए ।

प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले आवेसमा आएर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।
थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू