मलाई मार्ने योजना बनाइएको थियो : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत शुक्रबार रिहाई भएका ज्ञानेन्द्र शाहीले आफुलाई निर्मम यातना दिने प्रहरीलाई करावाही गराई छाड्ने प्रतिबद्दता जनाएका छन्। आफुलाई प्रधानमन्त्री र भ्रष्टचार विरोधी होस् भन्दै कुटिएको उनको भनाई छ। उनले अब चरमयातना दिने र मुद्दा दायर गर्नेलाई मानहानीको उजुरी दिने बताएका छन्।

ती प्रहरी नै नभएको भन्दै शाहीले भने, ‘सुर्खेतमा कार्यक्रम भईरहंदा स्टेजमै उक्लिएर मलाई लछारपछार गरी लान खोजे। मैले किन लान लागेको भन्दा मलाई अपशब्द बोलेर गाली गरि इन्स्पेक्टर निरन्जन घिमिरेले कुट्दै भ्यानमा हाले। मलाई अनेक यातना दिईयो। मेरो चस्मा समेत् भाचिदिए। मैले डीएसपिलाई कानुन विपरित गएर कुट्न पाइदैन किन पक्राउ गर्यौ भन्दा लात्तीले हान्न शुरु भयो। मैले हिम्मत छ भने मलाई गोली हान भनेको थिए। त्यसपछि मलाई २५ मिनेट लगातार कुटियो।’

उनले थपे, ‘मलाई सुर्खेतबाट सार्वजनिक बसमा उल्टो हतकडी लगाई नाङ्गो खुट्टामा ल्याइयो। त्यसबीचमा पनि मलाई ल्याउने प्रहरीलाई आधा घण्टाको फरक गरी बारम्बार फोन गरेर उल्टो हतकडी लाएको छ कि छैन भनिरहेका थिए।’

‘मलाई मार्ने नै योजना बनाइएको थियो। किन भने साझा पोशाकमा प्रहरी छ्यापछ्याप्तीप्रहरी खटाइएको थियो। मंचमा नभए र कतै भेटेको भए मलाई सिधै मारिदिन्थे। तर म आज बाचे यसलाई भगवानको कृपा मान्छु।’ ,उनले भने।

उनले पत्रकारितालाई मोहोरा बनएको भन्दै उनले भने, ‘हुदै नभएको आरोप लगाएर साइवर क्राइमको मुद्दा लगाइयो। मैले पत्रकारलाई गालीगलौच गरेकै छैन। मैले केहि पत्रकारहरु दलमा लागे भनेको थिए। बजारमा आएको भिडियोमा पनि मैले कुटेको मात्रै काटचाट गरी देखाइएको छ। मलाई निर्घात कुटेको क्लिप हटाइएको छ।’

हेर्नुहोस रिहाई पछि ज्ञानेन्द्र शाहीसँग गरिएको कुराकानी…..

 

प्रतिक्रिया