स्याङ्जा, २७ जेठ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्नु भएकाे गाडी खाेलामा पल्टिएकाे छ ।सहराे खाेलामा बन्न लागेकाे पक्की पुलकाे शिलान्यास गरी फर्कने क्रममा दराै खाेलामा पल्टिएकाे हाे । दराै खाेलामा पुल नभएकाले खाेलाबाट नै गाडी तार्नु पर्ने बाध्यता रहेकाे छ ।
बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा महासेठलाई बाहिर निकालिएको थियो ।गाडी डुबे पनि मन्त्री महासेठ भने सकुशल रहनु भएको छ । खोलामा डुबेको गाडी क्रेनको सहायतामा खाेलाबाट बाहिर निकालिएकाे स्राेतले बताएकाे छ । मन्त्रीका सवारी चालक ग्रामीण सडकका बारेमा अनभिग्य हुँदा दुर्घटना हुन पुगेकाे अनुमान गरिएकाे छ ।