घटनामा संलग्न व्यक्तिले भने, ‘मलाई हान्न खोजिएको चक्कु सुनिललाई लाग्दा आन्द्रा नै निस्कियो’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कागेश्वरी मनहरा–४, डाँछीमा एक व्यक्तिले आफ्नो छिमेकीलाई खुकुरी प्रहार गरेका छन्। गत शनिबार साँझ राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन् । धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको जनाइएको छ ।

यद्दपी घटना हुँदा त्यही रहेका संजय नगरकोटीले भने दलित भनेर नहेपेको र थरसमेत् थाहाँ नभएको बताएका छन्। उनले भने, ‘म र सुनिल पानी खान गएका थियौ। त्यति बेला राजकुमार सार्की पानी भरिरहँदा हामीले पानी खान्छौ भन्यौ। त्यस पछि राजकुमारले मुख छाडे र भनाभन हुदै गर्दा मलाई प्रहार गर्न खोजिएको चक्कु साथी सुनिलको पेटमा लाग्यो। आन्द्रा नै निक्लियो र मैले आफ्नो भेस्ट फुकालेर बाधे पछि हत्तार-हत्तार एम्बुलेन्स बोलाए।’

घटनापछि गम्भीर घाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । एक स्थानीयले भने, ‘हाम्रो गाउँमा पहिला जातको कारण झगडा परेको छैन। पानी भर्ने ठाउँमा ३ जना थिए। उनीहरु झगडा गरेको देखेर छुट्टाउन लाग्दा लाग्दै चक्कु राजकुमार सार्कीले सुनिल नगरकोटीको पेटमा प्रहार गरे जसकारण आन्द्रा नै निक्लिएको थियो। झगडाको कारण भने के हो थाहाँ भएन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू