इन्डियामा तहल्का मच्चाएका आयुष केसी परिवारसहित मिडियामा (भिडियोसहित)

शर्मिला गुरुङ

पिएनपिखबर : भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपाली बालक प्रितम आचार्य तेस्रो भएका छन् भने आयुष केसी चौथो भएका छन्। आयुष र प्रितम २० हजार भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पर्दै फाइनलमा पुगेका थिए ।

सारेगमप लिटिल च्याम्पमा प्रस्तुति देखाउने समयमा आयुषको गालामा केहि समस्या आएका थिए। उनि गीत गाउन नसक्ने हालतमा पुगिसकेको थियो। तब उनले आमा र जजहरुको सल्लाह र सपोर्ट लिएर गीत गाउने आँट बटुले। उनले ‘तुम मिले दिल खिले’ गीत गाएका थिए। गाला खराब हुदा हुदै पनि उनको प्रस्तुति राम्रो हुन् गएको समय कहिले भुल्न नसक्ने आयुषले बताए।

आयुषले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरुलाई नेपाली खाना गुन्द्रुक र ढिडो पनि खुवाए । फाइनलमा आयुष र प्रितमसहित ,अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास र भारतीय बालक महम्मद फैजले प्रस्तुति दिएका थिए ।

आयुष भन्छन ‘उपाधि जित्नु नै ठुलो कुरा होइन। सारेगमपामा संगीत सम्बन्धि थप ज्ञान हासिल गर्न पाएकी छु। आफ्नो कला देखाउने मौका पाए। त्यहि नै मेरो उपाधि हो। ‘

फाइनलमा पुग्नुभन्दा पहिले अर्थात् सेमिफाइनलमा प्रितमले ‘हम दिल दे चुके सनम’ को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए भने आयुषले कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ गाएका थिए।
बाँकि हेर्नुहोस भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू