भू माफियालाई पोष्न सरकारले गुठि बिधेयक गुपचुप ल्याइयो : गुठी संरक्षण अभियन्ता (भिडियोसहित)

शर्मिला गुरुङ

पिएनपिखबर : गुठी विधेयक बिरुद्ध सरोकारवालाहरुद्वारा अहिले देशै भरि बिरोध जनाई रहेको छ। सरकारले गुठि सस्थान खारेज गरि प्राधिकरण गठन गर्ने सो विधेयकको प्रावधानप्रति उनीहरुको विशेष आपत्ति छ। सरोकारवालाहरुले गुठी संस्थानलाई जोगाउन अभियान नै सुरु गरिएको छ।

आइतबार काठमाडौंको माईतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको पानीको फोहोरा र लाठी प्रहारबाट केहि घाइते भएका थिए। जसको अहिले अस्पतालमा उपचार भैरहेको छ।

देशको सस्कृति, सम्पदा जोगाउने गुठि र गुठियारलाई खारेज गरि प्राधिकरण गठन गर्ने विधेयकले भू-माफियालाई प्रोत्साहन हुने भन्दै अभियन्ताले अपात्ति जनाएको छ। गुठिलाई खारेज गर्दा नेपालमा चलि आएको जात्राहरु नै नहुने अभियन्ताले बताएका छन्।

अभियन्ताहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको र जनताको भावना बिपरित सरकारले जबर्जस्ति गुठी विधेयक पास गराएमा देशब्यापी रुपमा आन्दोलन गरिनेसमेत चेतावनी दिएका छन्। दुई तिहाई बहुमतको सरकारले ल्याएको सो विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन्।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू