मानहानी गरेकोले प्रहरीमा जान बाध्य भयौं : निर्देशक मिलन चाम्स (भिडियो)

मनिषा थापा

भक्तपुर : चलचित्र निर्देशक मिलन चाम्सले मानहानी र गालीबेइज्जती गरेका कारण प्रनेश गौतमविरुद्ध उजुरी दिएको बताएका छन्। बुधबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी र गालीबेइज्जतीका कारण गौतमविरूद्ध उजुरी दिएको उल्लेख गरेका हुन्।

फिल्म ‘वीरबिक्रम २’को हस्यौली समिक्षा गरेपछि चाम्सको उजुरीका आधारमा उनलाई प्रहरीले हिरासतमा रोखको छ। उनले भने, ‘यो मान्छेलाई जेलमा लगेर थुन्नैपर्छ भन्ने भन्दा पनि मेरो उद्देश्य पाठ सिकाउने हो।’ अहिले प्रनेसले गल्ती स्वीकार गरेका कारण छुटाउने पहल भइरहेको समेत उनले बताए। प्रनेसको भिडियो मिमि नेपालको युट्युब च्यानलबाट बाहिर आएको थियो। त्यसकै आधारमा प्रहरीले उनीमाथि साइबर क्राइमको आरोप लगाएको थियो।

प्रनेशद्वारा प्रयोग गरिएका मानहानीसम्बन्धी शब्द, चरित्र हत्या, रंगविरोधी र जनजाति समुदायमा आघात पुर्‍याउने शब्दको प्रयोग गरिएको कारण भोलिका दिनमा यस्ता प्रयास अरु कसैबाट कसैमाथि नहोउन् भन्ने सन्देश दिन आफूहरूले प्रयत्न गरेको उनको भनाइ छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू