झापामा डेङ्गुका बिरामी

admin

दमक, ३० जेठ: सुनसरीको धरानमा प्रकोपको रूप लिएको डेङ्गु मोरङसँगै झापामा पनि देखिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रमा आजसम्म डेङ्गुका आठ बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण देखिएका दमकका दुई जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँले डेङ्गु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बताउनुभयो । जनचेतनामूलक कार्यक्रमअन्तर्गत उक्त रोगबारे बच्ने उपायबारे टोलटोलमा पुगेर जानकारीमूलक माइकिङसहित पर्चा पम्प्लेट वितरण गर्ने क्रम जारी रहेको अर्यालले बताउनुभयो । यस्तै, लामखुट्टेको टोकाइबाट फैलने डेङ्गुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको छ । रासस

प्रतिक्रिया