ज्योतिष अर्जुन क्षेत्रीको आमा भन्छिन ‘मेरो छोरा झुटा होईन’ (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : आफुलाइ कहिले ज्योतिषी त कहिले फेस रिडर बताउदै आएका अर्जुन क्षेत्री पक्राउ परेपछि उनको ठगी धन्दाको स-प्रमाण पर्दाफास भैरहेको छ। उनको वास्तविक नाम अर्जुन थापा रहेका उनले आफ्नो उमेर ,पढाइ र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको छ ।

तर उनकी आमा बिमला राउतले भने आफ्नो छोराले भारतको बनारसमा गएर ४ बर्ष ज्योतिष बिज्ञान पढेको दाबी गरेकी छिन। सामाजिक संजालमा अर्जुनले प्रवेशिका पास मात्र गरेको खुलासा भए पनि आमाले भने कक्षा १२ पढेको बताउछिन। बिद्यालयले १९ बर्ष बताउने अर्जुनको उमेर आमाले २६ बर्ष बताएकी छिन। आफुले नपढेका कारण अर्जुनको जन्म मिति ठ्याक्कै थाहा नभएको उनले बताईन।

उनले आफ्नो छोराको भिडियोहरु देख्दा मिडियामा बोल्दा अलि संयम भएर बोल भनेर सम्झाउने गर्थे। तर पनि आफ्नो छोराले बेसी बोलेको चाही होला तर गलत चाही हुनुहुन्न भनेका छन्। उनले नेताको भाषा सिकेर आफ्नो छोराले बढी बोलेको स्वीकारेका छन्। उनले मान्छेको बोलि हो खुस्किन्छ। बच्चा सम्झेर एक पटक अर्जुनलाई माफ गरिदिनु हुन् सरकारलाई आग्रह समेत गरेकी छिन।

बाँकि हेर्नुहोस भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू