अर्जुन क्षेत्री पढेको स्कुलका प्रअले गरे उनको एकएक झुटको पर्दाफास (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : केहि युट्युब च्यानलमा महा भुकम्प आउछ भन्दै सर्वसाधारणमा अफवाह फैलाउने फेस रिडर अर्जुन क्षेत्रि अहिले प्रहरी हिरासतमा छन्। उनले अन्तरबार्ताहरुमा आफुमा ज्योतिष शास्त्र सम्बन्धि १२ बर्ष पढेको अनुभव रहेको र अन्तराष्ट्रिय कम्पनि नासाले समेत उनलाई जागिरको अफर गरेको खुलासा गरेका थिए।

अहिले अर्जुनले झुटको साहारामा खडा गर्न खोजेको साम्राज्य ढलेको छ। दिनदिनै उनको झुटको स-प्रमाण पर्दाफास भैरहेको छ। अर्जुनबारे सत्य तथ्य बुझ्न हामी पिएनपि टिम उनको बासस्थान रामेछाप पुगेयौ। अर्जुनले अध्ययन गरेको बिद्यालय श्री माध्यमिक बिद्यालय भंगेरी, रामेछापमा पुग्दा बिद्यालयको रेकर्ड अनुसार उनको जन्म मिति बि.स २०५७ साल असोज २४ गते भएको रहेछ।

बि.स २०६८ मा श्री माध्यमिक बिद्यालयको ६ कक्षामा भर्ना हुदा अर्जुनको नाम सम्बर बहादुर थापा थियो। कक्षा ८ मा पुगेपछि उनले नाम परिवर्तन गरि अर्जुन कुमार थापा राखियो। उनले श्री मा बि बाट २०७२ मा प्रबेशिका परिक्षा दिएका हुन्। उनि पढाईमा अब्बल नै थिए। अलि अलि घमण्डी स्वभाबको र बिद्यालयमा नेताहरुको क्यारिकेचर गर्ने गर्थे।

बिद्यालय छोडेको ४ बर्ष भित्र उनि कसरि ज्योतिष बन्यो र बिद्यालयमा हुन्जेल उनले ज्योतिष शास्त्र पढेको नसुनेको बिद्यालयका प्रअ निराज पोखरेलले बताए। आफु धेरै सामाजिक संजालमा सक्रिय नहुने हुदा अर्जुन ज्योतिष बनेको कुरा ३ महिना अघि मात्रै सुनेको उनले बताए।

प्रअ भन्छन ‘नासाले अफर गरिएको कुरामा पनि मलाई विश्वास लाग्दैन। सायद उनि नेपाल छोडेर अन्त देश गएको जस्तो लाग्दैन तर भारतसम्म घुम्न चाही गएको हुन् सक्छ। २७ देशको सर्टिफिकेट छ भन्ने कुरा पनि गलत हो। ‘

उनले अर्जुनलाई ज्योतिष र फेस रिडर काम छोडेर साधारण जीवनमा फर्किन आग्रहसमेत गरेका छन्।

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू