फिल्म ‘वेदलम’ रिमेकमा जोन अब्राहम

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल खबर बाहिरिएको छ कि, जोन अब्राहम अब नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् ।

स्रोतका अनुसार दक्षिण भारतीय फिल्म ‘वेदलम’ को रिमेकमा जोन अब्राहमले अभिनय गर्ने भएका छन् । वास्तविक फिल्ममा दक्षिण भारतीय अजित कुमारले अभिनय गरेका थिए ।

भारतीय मिडियाका अनुसार भुषण कुमार निर्माण गर्नेछन् । यो फिल्मको हिन्दी रिमेक बनाउन उनले अनुमति लिइसकेका छन् । यो फिल्ममा काम गर्नमा चासो देखाएका छन् । फिल्मको निर्देशन कसले गर्ने र अन्य कलाकार को को हुने भन्ने भने अझै तय भएको छैन ।

दक्षिण भारतीय फिल्म ‘वेदलम’ मा अजितसँगै श्रुति हसन पनि देखिएकी थिइन् । यो फिल्मको बंगला भाषामा पनि रिमेक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू