भक्तपुर दरबार क्षेत्र बन्यो हरियाली

admin

भक्तपुर, १ असार: भक्तपुर नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरमा भक्तपुर दरबार स्क्वायर क्षेत्रलाई हरियाली बनाउन आज विभिन्न जातका फूल र बिरुवाहरु रोपेको छ । पर्यटकको मुख्य गन्तव्य स्थलका रुपमा रहेको दरबार स्क्वायर परिसरमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज दरबार क्षेत्रमा गमलामा विभिन्न जातका फूल र हरियाली हुने बिरुवाहरु रोप्नुभएको हो ।

उहाँले भक्तपुर नगरपालिकाले नगरको दिगो विकासको अवधारणाअनुसार नगरका विभिन्न क्षेत्रमा ढुङ्गा छपाइ भइरहेको बताउँदै भक्तपुर भौगोलिक रुपमा सानो तर ऐतिहासिक एवं पुरातात्विक सम्पदाले महत्व बोकेको जिल्ला भएको बताउनुभयो ।

विभिन्न जातजातिका फूल र बोटहरुले सम्पदास्थल शृङ्गार्ने उद्देश्यअनुसार नगरपालिकाले दरबार क्षेत्रमा गमला र फूलको व्यवस्था गरी आरम्भ गरेको बताउँदै सम्पदा स्थलहरुमा रात्रिको समय बत्तीको व्यवस्था गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भूकम्पले क्षति पु¥याएका सम्पदाहरु क्रमशः पुनर्निर्माण गरिरहेको र ठूलाठूला संरचना पुनर्निर्माण गर्न सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएकाले कला–सङ्ग्रहालय भवन, पुरानो नगरपालिकाको भवन र पुरानो नक्सा शाखा भवन पुनर्निर्माण कार्य ढिलो भएको बताउनुभयो ।रासस

प्रतिक्रिया