यसकारण काटिएको थियो पिपलको रुख, अन्धविश्वास अझै कायमै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सिन्धुली जिल्लाको तीन पाटन गाउँपालिका वडा नं ६ मा अझै जन चेतनाको कमीको कारण अन्धविश्वाश कायमै  छ। २०१६ सालमा स्थापना भएको श्री चम्पा देवी माध्यमिक विद्यालयका ६ जना विद्यार्थीहरुमा हिस्टेरिया देखिएको छ।

स्कुलको प्रांगणमा रहेको पिपलको रुखको हाँगा काटेको कारण बोक्सी लागेको भन्ने अन्धविश्वास स्थानीयहरुमा छ। ती छात्राहरु बरबर काम्ने, चिच्याउने, घाँटी समात्ने, काम्दै बक्ने गरेको वडा अध्यक्ष मीन बाहादुर बताउँछन्।

तर डाक्टरले भने उनीहरुलाई कुनै श्राप नभएर मास हिस्टेरिया भएको पुष्टि गरेको छ। डाक्टरको अनुसार, छात्राहरुमा भईरहेको शारीरिक परिवर्तन र मानसिक तनाबको कारण हिस्टेरिया भएको हो । डाक्टरले ती हिस्टेरिया नफैलियोस भनेर स्कुल मै परामर्शको लागि तैनाथ रहेको अध्यक्षको भनाई छ।

६ कक्षामा पढ्ने विद्यार्थीलाई गत २६ गते ३ जना छात्रामा हिस्टेरिया देखिएको थियो। त्यसपछि २८ गते स्कुलबाट फर्किने क्रममा ३ जना छात्रामा शोही लक्षण देखा पर्यो जसकारण अहिले उनीहरुलाई डाक्टरले परामर्श दिईरहेका छन्।

घटना हुनु अघि नै केहि धामीहरुले पिपलको रुख काट्दा स्कुलमा घटना घट्ने भविष्यबाणी गरेको कारण अपह्वा फैलिएको वडा सचिब प्रविन कुमार सुवेदीले उल्लेख गरे। उनको अनुसार, घटनापछि केहि विद्यार्थीहरुको मनमा पिपलको रुख भएको ठाउँमा कन्या केटि खाने भ्रम पैदा भएको सुन्नमा आएको थियो । उक्त स्थानमा रहेको पिपलको विषयमा विरोध आइरहेको थियो। धामीहरुले त्यस रुख काट्न नहुने भनेका थिए, तर संघसंस्थाको पहलमा गाउँका वडाअध्यक्षले आफै काट्न लगाएका थिए। वडाअध्यक्षले भने, ‘पिपलबोटको हाँगा सुकेको कारण विद्यार्थीहरुलाई लाग्न सक्छ भनेर काट्न लगाइएको हो।’

उनले स्कुलमा हिस्टेरिया मात्र नभएर धेरै समस्याहरु रहेको बताए । उनले भने, ‘कक्षाकोठा व्यवस्थित रुपले थप्न सकिएको छैन। भौगोलिक हिसाबले टाढा रहेको क्षेत्रभएको कारण कुनै थाई शिक्षकको व्यवस्था हुन् सकेको छैन । भौतिक पूर्वाधारको पनि अभाब रहेको छ। यसमा राज्यको कमजोरी देखिन्छ।’

उक्त गाउँमा बस्ने बालबालिका देखि सबैमा पिपल रुख काटेकै कारण बच्चाहरुमा छोप्ने बेथा लागेको भ्रम पैदा भएको छ। अहिलेको आधुनिक युगमा पनि के यस्तो रुढीबाढी सम्भव होला त ? धामीको भरमा यस्ता धेरै ठाउँहरु छन् जहाँ मास हिस्टेरिया रोगलाई बोक्सी र प्रेत आत्मा चढेको भन्दै अन्धविश्वास गर्ने गरिन्छ। यसको लागि प्रत्येक विद्यालयमा हिस्टेरियाबारे जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने जरुरी देखिन्छ। 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू