गुठी विद्येयक :जनआन्दोलनलाई विर्साउने गरी उर्लियो मानव सागर, अब के होला ?(भिडियो )

admin

काठमाडौँ, ४ असार : गुठी विद्येयक विरुद्ध आज भएको विशाल खबरदारी सभा कार्यक्रममा दोस्रो जनआन्दोलनलाई नै विर्साउने गरी जनसागर उर्लिएको छ । उपत्यकाका विभिन्न ठाउँमाबाट बाजागाजाका साथ आएका प्रर्दशनकारीहरुले सरकार ल्याएको गुठी विद्येयकले ‘नेवार समुदायलाई एक’ बनाएको भन्दै खुसी पनि ब्यक्त गरे । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई धन्यवाद पनि दिए ।

उनीहरुले ‘गुठी विद्येयक खारेज गर, नेवार एकता जिन्दावाद’ जस्ता नारा लगाएका थिए । पाटनबाट आएको भीड त थापाथली पुलसम्म रहेको छ । सरकारले कडा सुरक्षा ब्यवस्था गरेको थियो भने मण्डला वरपर रहेका घरको छतछतबाट प्रहरीले प्रर्दशनकारीलाई निगरानी राखेका छन् । आन्दोलनमा उपत्यकाका अधिकांश नेवार समुदाय अग्रपंक्तिमा देखिएका छन् । १०ः३० बजेदेखि प्रर्दशनकारी आउन सुरु गरेका थिए भने १२ बजेसम्ममा माइतीघरको मण्डला वरपर खुट्टा राख्ने ठाउँमा मुस्किलले भेटिएको थियो । विशाल खबरदारी सभा कार्यक्रम अहिले पनि जारी रहेको छ ।

आजको विशाल खबरदारी सभा कार्यक्रम भूमि विद्येयक प्रतिरोध संयुक्त कार्यक्रमको आयोजना गरेको हो । सरकारले आन्दोलनलाई मत्थर पार्न मंगलबारै विद्येयक फिर्ता लिएको घोषणा गरेको थियो । तर प्रधानमन्त्री र भूमि सुधारमन्त्रीको वक्तव्यमा प्रयोग भएको शब्द र भाषाशैली गलत भएको भन्दै आयोजकले मंगलबार नै विज्ञप्ति निकालेर विरोध जनाएको थियो । आन्दोलनकारीहरुले अब विद्येयक फिर्ता होइन, खारेजी गरिएको घोषणा हुनुपर्ने माग राखेका छन् । २० दिनदेखि आन्दोलरत नेवार समुदायका अग्रजहरुले तत्काल उक्त गुठी विद्येयक खारेजी भएको घोषणा हुनुपर्ने बताए । बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू