आर्यन तामाङले रुँदै भने, ‘गरिबलाई सबैले दबाए, गोर्खाली हो भने मैदानमा आउनुस’ (भिडियो)

मनिषा थापा

भक्तपुर : गत शनिबार ‘नेपालका लागी नेपाली’ले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा एक युवा बक्ताले दिएको मन्तब्यले सबैको ध्यान केन्द्रित गरेको थियो । चर्चित पत्रकार रवि लामिछाने विरुद्ध बोलेको भन्दै ती युवकको चौतर्फी नै आलोचना भयो।

अभियानता ज्ञानेन्द्र शाही लगायतका प्रमुख बक्ता रहेको उक्त कार्यक्रममा ती युवकले रबि लामिछानेको टिमले पैसा खाएर आफ्नो रिपोर्ट नबजाएको आरोप लगाएका छन । जसकारण ‘नेपालका लागि नेपाली’ अभियान्ताहरुले प्रेस विज्ञप्ति नै निकालेर पहिलोपटक वानेश्वरमा आयोजित भेलामा आएको र नागरिक अभियानका सदस्य नभएको उल्लेख गरेका थिए। तामाङले मंचमा आएर त्यसरी गलत आक्षेप लाउँन उचित नभएको र उनको त्यो निजी अभिव्यक्ति रहेको विज्ञप्तिमा जारी थियो।

ती युवक हुन् आर्यन तामाङ । उनले एक संस्थामा भइरहेको कालाबजारीको पर्दाफास गर्न न्युज२४ टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासंग कार्यक्रमका टिमलाई खबर गरे । पटक-पटक खबर गर्दा पनि उक्त कार्यक्रमको टिमले उनको कुरालाई बेवास्ता गरेको उनको आरोप छ । त्यो कुरा प्रसारण नगर्नुमा स्वार्थ लुकेको गम्भीर आरोप पनि उनले लगाएका छन ।रवि लामीछानेसँग भेट्नसम्म नदिएको भन्दै उनले गुनासो गरे।

उनी भन्छन, ‘कालोबजारीको प्रमाण लग्दा समेत् कसैले सुनेनन् गरिव भएरै होला। यसलाई जति दबाए पनि हुन्छ भन्ने सोचले हुनसक्छ। मैले त राज्यको चैथो अंग मिडिया भएको कारण न्याय माग्न गए आवाज उठाउन गए तर वेवास्ता गरियो किनकी म गरिब छु।’  उनले थपे, ‘मेरो कुरा ठिक लाग्नेले रवि लामिछानेको जस्तो अन्धभक्त भएर मलाई समर्थन नगरिदिनुस। शान्ति, समृद्ध चाहने हो भने गोर्खाली बनेर हिम्मत देखाएर सडकमा आउनुस, दमन सहेर बस्ने जनता पनि नेपाली हैनन्। ‘

‘जनता रोडमा भोकभोकै सुतेका छन्। जो भोकै हुन्छ उसलाई थाहाँ छ खानाको महत्व। आज सरकार भ्रष्ट नभएको भए मैले शिक्षा पाउथे। आज यसरी भारी बोक्न पर्ने थिएन।’ ,उनले रुँदै भने।

‘नेपालका लागि नेपाली’ अभियानको बसन्तपुर् डबलीमा देखि अभियानको शुरुवात देखि नै सहभागिता जनाएको उनले बताए। यद्दपी डा सुरेन्द्र भण्डारीले भने उनलाई रवि गत शनिबार मात्रै देखेको अन्तर्वार्ताहरुमा बताउदै आएका छन्। यति मात्र हैन उनले सुरेन्द्र भण्डारीसँग पटक-पटक भ्रष्टचार विरुद्ध कुराहरु गरेको दावी गरेका छन्। स्वतन्त्र बोल्न पाउने भनिएको नागरिक अभियानमा उनीमाथि मन्चको गलत प्रयोग गरेको डा. सुरेन्द्रले आरोप लगाएको उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू