मुखले बोलेको भरमा गुठी विधेयक फिर्ता हुदैन : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय भ्रष्टचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानमा लागेका बालकृष्ण न्यौपानेले गुठी विधेयक सरकारले फिर्ता नलिएको दावी गरेका छन्।

उनले फिर्ता गरेको भनेर सरकारले पत्रकार सम्मेलन गरी जनतामा भ्रम सृजना गरेको बताए। उनले भने, ‘जुन प्रक्रियाले विधेयक दर्ता भयो सोहि हिसाबले विधेयक हुन्छ । यो विधेयक विचाराधीन छ, एक धक्का नदिकन जनतालाई ढाट्ने सरकार कै राजिनामा माग्नु पर्ने अवस्था सृजना हुनसक्छ ।’

‘नेपालका लागि नेपाली’द्वारा आयोजित सम्मलेनमा शाहीले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम भ्रष्टचारको अन्त्य भएसँगै सकिने बताएका छन्।

उनले भने, ‘सरकारले मुखले बोलेको भरमा गुठी विधेयक फिर्ता हुदैन, आधिकारिक रुपमा फिर्ता गरिएकै छैन।’ शाहीले गुठी विधेयकलाई खारेज गर्नुपर्ने निमित्त र राज्यको हित विपरित ल्याइएको सबै विधेयक विरुद्ध सम्पूर्ण जनता एकजुट भएर लाग्नु पर्ने बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू