ज्ञानेन्द्र शाहीको अभियानमा गायक धिरज राईको साथ, माइतीघरबाटै कुर्लिए (भिडियो)

मनिषा थापा

पिएनपिखबर : विगत १२ वर्ष देखि गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउने अभियानमा लागि परेका छन।

राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानलाई लिएर शनिबार ‘नेपालका लागि नेपाली’द्वारा आयोजित कार्यक्रममा आफ्नो मनतब्य राखेका छन्। उनले उक्त कार्यक्रमको भेलामा केहि देशहरुले बुद्ध आफ्नो देशमा जन्मेको भनेर प्रचारप्रसार गरेको भन्दै दुख व्यक्त गरे।

उनको अनुसार, लामो समयदेखि भारत देखि श्रीलंका र थाइल्याण्डजस्ता देशले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको भारतको यो प्रचारका कारण धेरैलाई गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । त्यसैले यसलाई चिर्दै भारतमा हैन, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन हामीले दिनु जरुरी छ ।

संसारभरको करिव २७ वटा देशहरु गएर बुद्धको जन्मबारे गलत संदेश लेखिएको पुस्तकविरुद्ध कलेज, स्कुल र मन्त्रालयमा गएर आवाज उठाउने उनले बताए। 

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू