खोलाको दुषित पानी प्रयोग गरिएको भन्दै ‘काठमाडौं फन भ्याली’ विरुद्ध स्थानीयको उजुरी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भक्तपुर जिल्ला, सुर्यविनायक नगरपालिका वडा नम्बर १० मा अबस्थित ‘काठमाडौँ फन भ्याली’मा रहेको स्विमिङ्ग पुलमा खोलाको दुषित पानी प्रयोग भएको खबर बाहीरिएको छ

उक्त स्विमिङ्ग पुलमा खोलाको दुषित पानीमा केमिकल हालेर प्रयोग गरेको र  स्विमिङ्ग पुलमा पौडी खेल्नेलाई मात्र नभई वरपरको क्षेत्रमा समेत् असर परेको भन्दै सुर्यविनायक नगरपालिकामा स्थानीयबासिन्दाहरुले ‘फन फ्याली’ विरुद्ध उजुरी दिएका छन्।

 ज्ञापनपत्रमा लेखिएको छ,  ‘फ्न भ्यालीले बोरिङ्ग गरेको भएपनि हाल आएर स्थानीय कुसिङ्ग खोलामा ठुला ठुला खाल्डो खनेर पानी तान्ने गरेकाले सो तत्कान रोक्नु पर्दछ ।’

स्थानीय भुवन खत्रीले भने, ‘फन भ्यालीमा खोलाको पानी मिसाईदेको कारण बालीनालीमा पानी पुगेको छैन। स्विमिङ्ग पुलबाट खेर भएर आएको केमिकलयुक्त पानीले उव्ज्निमा असर परेको छ।

उक्त ‘फन भ्याली’मा आउने धेरै व्यक्तिको शरीरमा एलर्जी आउने देखि आँखा पोल्ने समस्या देखिएको भन्दै स्थानीयहरुले आपत्ति जनाए।

त्यहाका एक पुर्व कर्मचारीले पनि फन भ्यालीको गलत गतिविधिका कारण काम नै छाडेको बताए। उनले भने, ‘बोरिङ्गबाट पर्याप्त पानी नआएको कारण खोलाको पानी राखिन्छ। जसलाई सफा देखाउन केमिकलको प्रयोग हुने गर्छ र पौडी खेल्न लगाउने कस्टुमको पनि मुल्य निकै महँगो रहेको छ।

यद्दपी फनभ्यालीका संचालकले भने पुर्वश्येर धनीहरुले केहि मानिस लगाएर नाम बद्नाम गराउन झुठो आरोप लगाएको बताउँदै आएका छन् ।

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया