अन्तत बिमलाका श्रीमानले नै पहिलो पटक खोले हत्याको यस्तो रहस्य ! (भिडियो)

मनिषा थापा

काठमाडौंको कुमारीगालस्थि समता अस्पतालमा कार्यरत् एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन् ।

समता अस्पतालमा कार्यरत् रामेछापकी विमला तामाङले आत्महत्या गरिएको भनिएको घटनालाई लिएर मंगलबार दिनभर सो क्षेत्र तनावग्रस्त बन्यो ।

अस्पतालमा ‘स्वीपर’कोरुपमा कार्यरत् २७ वर्षीया मृतक विमलाको अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा हत्या गरिएको भन्दै आफन्तजन र टोलवासीले सो क्षेत्रको बाटो अवरुद्ध गरी ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो।

विमलाले लगाएको लुगाको खल्तीमा भेटिएको ‘नोट’मा ‘अस्पतालका तीनजना कर्मचारीलाई कारबाही गर्नू’ भन्ने लेखिएको भेटिएपछि आक्रोशित प्रदर्शनकारी र आफन्तजनले सुनियोजित हत्या भन्दै नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई हत्याराकारुपमा कारबाहीको माग गर्दै प्रदर्शन चर्काएका थिए ।

नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको भनिएको कोठामै झुन्डिएको अवस्थामा फेलापरेकाले हत्या भन्ने पुष्टि हुने मृतकका आफन्तको दाबी छ । मृतक बिमला तामाङका श्रीमानले अभियुक्तलाई सजाय नभए शब नबुझ्ने उल्लेख गरेका छन्।

बाँकी हेर्नुहोस भिडियोमा…. 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू