मृगौलापिडित धनबहादुरको परिवारको बिचल्ली, विदेशबाट आयो सहयोग (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मृगौला पिडित धनबहादुर बोहोरालाई आर्थिक सहयोग आएको छ। पिएनपिमिडियाले केहि समय अगाडी तयार पारेको उनको भिडियो हेरेर मलेसियामा बस्ने नेपाली दाजुभाईले आर्थिक संकलन गरी ६१ हजार ४ सय पठाएका छन्।

पृथ्वी बोहोरा, खड्क विसी, एकराज रोकाया, र खडक बुढाको अभियानमार्फत उक्त रकम सङ्कलन भएको हो। बोहोरालाई हप्तामा ५ हजार लाग्ने डायलिसिस अहिले भने निशुल्क भएको छ। तर प्रत्यारोपणको लागि भने अझै धेरै रकमको अभाब छ। उपचारका लागि बोहोराको परिवार बाजुरा देखि राजधानी आएका छन्। घरको आधा जग्गा उपचारकै लागि बेचिएको छ भने उनी अहिले काठमाडौँमा कोठा लिएर बसेका छन्।

उनको घरपरिवारमा आमाबुबा, श्रीमती, बालबच्चा र भाई रहेका छन्। उनी सम्पत्ति कमाएर सन्तानको भविष्य उज्ज्वल पार्ने सपना देखेर विदेश गएका थिए । तर त्यसै दौरान उनको मृगौला फेल भयो। २७ वर्षीय धनबाहादुर सहयोगको अपिल गर्दै भने, ‘मलाई साथीभाई र सहयोगी मनहरुबाट सहयोग आइरहेको छ। यतिले पनि पुगिरहेको छै। मलाई सहयोग गरेर बचाईदिनुहोस, म बाच्न चाहान्छु।’ 

तपाईहरुको सानो सहयोगले धनबाहादुरको जीवन बच्न सक्छ। त्यसैले उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन हामी पिएनपिखबर परिवार विनम्र अनुरोध गर्दछौ।

हामी मार्फत सहयोग गर्न चाहेमा….

मनोज खड्का : ९८६०३०१४९० 
पिएनपि मिडिया : ९८५१०१८०६३

 

प्रतिक्रिया