‘सुसाइड नोट’ लेखी आत्माहत्या गर्ने ११ बर्षीय समिरबारे खुल्यो यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ललितपुरमा बसोबास गर्ने एक बालकले आत्मा हत्या गरेका छन्। ११ वर्षीय समिर लुहुगाको असार ७ गते राती ९ बजेतिर घरभित्रै झुन्डिएको अवस्थामा शव फेला परेको थियो। 

‘सुसाइड नोट’ लेखी उनले झुन्डिएर आत्महत्या गरेका हुन्। उनले उक्त ‘सोसाइड नोट’मा लेखेका छन्, ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने । घरमा मलाई दाई भाउजुले हेला गर्ने । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भएको छैन भनेर भन्ने । यति भन्दै म बिदा माग्छु ।’

बागमति गाउपालिका २ माल्टास्थि कालिदेवी माध्यमिक विद्यालयको कक्षा पाँचमा पढ्थे उनी। उनको यस्तो कदमले सबैलाई निराश बनाएको छ। मृतक समिरको स्कुलका प्राध्यान्यापक भन्छन, ‘नाच्ने, गाउने, कविता बाचन गर्ने उनी निकै प्रतिभाशाली थिए। समिर मनोरोगी बालक हैनन्। उनमा मानसिक समस्याबाट ग्रसित भएको कुनै लक्षण देखिएको थिएन र उनलाई पढाउने शिक्षकहरुमा पनि नियन्त्रण लिने र विद्यार्थीलाई नराम्रो गर्ने व्यवहार देखिएको छैन।’

यही वर्षमा मात्रै उक्त विद्यालय वरपर ५ जना जति झुन्डिएर आत्महत्या गरेका छन्। यस विषयमा बोल्दै उनले भने, ‘छोटो समयमै आत्माहत्याका घटना घटेको कारण पनि प्रभावित भएर आत्माहत्या गरेको नहोला भन्न सकिन्न।’

उनले थपे, ‘चलचित्रहरुबाट र देखासकीको प्रभावले गर्दा पनि बालमस्तिष्कमा यस्तो प्रभाब पर्न सक्छ। अभिभावकहरुले आफ्नो बालबच्चाको निकै संयमता पुर्वक ध्यान दिनुपर्छ। सन्तानको विगत र वर्तमानको क्रियाकलापलाई मध्यनजर गर्नुको साथै बालमस्तिष्कलाई कसरी सकारात्मक र सहि मार्गनिर्देशन दिनुपर्छ यसको ख्याल राख्न जरुरी छ।’

बाँकी हेर्नुहोस भिडियोमा..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू