हेर्नुहोस आजको सुनको भाउ

मनिषा थापा


काठमाडौं : आज बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ हिजो बुधबार ५ सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज बिहीबार पनि छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ। यसअघि छापावाल सुन ६५ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया