प्रधानमन्त्री केपी ओलीलाई ज्ञानेन्द्र शाहीको भावुक संदेश (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओंलीलाई देशको स्वाभिमान कहाँ गयो भनेर प्रश्न गरेका छन्।

‘जति गरिव भए पनि नेपालीलाई विश्वमा स्वाभिमानी वीर गोर्खाली भनेर चिनिन्छ। तर तपाई होलिवाइन खाएर चिर निन्द्रामा सोल्टी होटेलमा सुत्नु भयो। हामी स्वाभिमानी जनताको आँखाबाट आशु खस्यो। तपाईको एक रातले देशको झण्डाको चन्द्र सुर्य झर्यो। स्वाभिमानी चाइयो हामीलाई।, ‘उनले भने।

प्रधानमन्त्रीलाई अनुरोध गर्दै शाहीले भने, ”राम्रो काम गर्नुहोस हामी सधै साथ दिन्छौ, नेपालका युवाहरु आफ्नै देशको झण्डा, हिमाल, र पहाडको चाहरीमा बस्न चाहान्छन, ५५ डिग्री सेल्सियस तापक्रममा बाध्य भएर घरपरिवार छाडी काम गर्न जान बाध्य नपार्नुस। नेपालमा खेल्दै हुर्किदै गरेका चेली विदेशमा बेचिन्छ, बलात्कार हुन्छिन। त्यो कहिलेसम्म ? हो यसकै लागि हो हाम्रो क्रान्ति। हाम्रो अभियान।”

उनले अघि थपे, ”निर्मलाले अझै न्याय पाएकी छैनन्, जनताले पाईपाई गरेर तिरेर बनाएको बालुवाटार बेच्नुभयो। किन्ने र बेच्नेलाई अन्यायमा परेको भन्दै क्षेतीपूर्तिको कुरा भयो कारवाही भएन। वाइडबड्डीमा भ्रष्टचार भयो। भ्रष्टचारीलाई काखी च्याप्नु भयो। २३ अर्ब जनताको खर्च भयो राजधानीमा मेलम्ची आएन। त्यहाँ भ्रष्टचार भयो कारवाही भएन। स्वास्थ्य र शिक्षा पाउने परिकल्पना सबै जनताको छ तर ६५ अर्ब रुपैया एनसेलले तिरिरहंदा तपाइले रोक्नु भयो आज त्यस रकमले शिक्षा, स्वास्थ्य पाउथे जनताले । देशले मुहार फेर्नेथ्यो। जनताको रक्षक नभएर भक्षक भएका प्रहरीलाई कारबाही गर्नु भएन। यदी यी सबैलाई कारवाही गर्नु भयोभने हामी तपाईको समर्थन गर्छौ।”

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू