पिएनपिखबर : ‘सिरिन्ज आक्रमण’ गर्ने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मच्चाउने सन्तोष कार्कीलाई पक्राउ गरेको छ ।
पछिल्लो डेढ महिना देखि ‘सुई आक्रमण’ले राजधानीमा त्रास मच्चाएको छ। रोग सार्नको लागि आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।
तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।
कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट व्यवसाय रहेको र केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएको बयानमा उल्लेख गरेका छन्। उनले बयानमा भनेका छन्, ‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ।’ अझ आश्चर्यजनक लाग्ने उनको बयान छ – ‘मैले रमाइलोको लागि घोचेको हु।
प्राप्त खबर अनुसार, काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले रोग सार्ने नियतले आक्रमण नगरेको बाताएका छन्।’ प्रहरी अधिकृतले युवतीलाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।
त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयक्त टोली उनीसम्म पुगेको थियो ।
कार्कीको विषयमा थप अनुसन्धान अझै जारी छ।