हेर्नुहोस् आजको सुनको भाउ

मनिषा थापा

काठमाडौं : आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज शुक्रबार पनि छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया