काठमाडौँ, १४ असार : पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह फेरी गलत समाचारको शिकार बनेका छन् । केही अनलाइनहरुले उनीहरुबीचको ‘सम्वन्ध’ लाई लिएर नानाथरी मनोगत विश्लेषण गर्दै समाचार प्रकाशित गरेपछि उनीहरु तनाबमा परेको स्रोतले बतायो ।
केही अनलाइनले केहीदिन यतादेखि लगातार शाह दम्पत्तिको सम्वन्धमा दरार आएको र ‘सम्वन्ध विच्छेद’ हुन लागेको भन्दै अफवाह फैलाइरहेका छन् ।
(यस्तै हावादारी खबरले अनेकौं अनलाइन भरिएका छन् )
पूर्वराजपरिवार निकट स्रोत भन्छ,‘ति सवै राजपरिवार विरुद्ध षड्यन्त्र गर्नेहरुले चलाउँदै आएका हल्ला हुन् । त्यसमा कुनै सत्यता छैन । त्यो सरासर बदनाम गराउन अफवाह फैलाइएको हो ।’ बरु शाह दम्पत्तिबीच छोराछोरीका कारण सम्वन्ध राम्रो बन्दै गएको बताइएको छ । यद्यपि कहिले पूर्वप्रेमी त कहिले दुव्र्यसनी, कहिले माताको नाममा त कहिले साथीसंगतलाई लिएर पूूर्वयुवराज पारसको सदाबहार बदनाम गरिँदै छ ।