एसइईमा ‘बी प्लस’ ल्याउन सफल भएकी सुजलले बाडिन खुशी, यसरी बोलिन् पहिलोपटक मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय भाइरल बनेकी सुजल बमले एसइई परिक्षामा ‘बी प्लस’ ल्याउन सफल भएकी छिन्। सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौँको गुर्जुधारा, चन्द्रागिरि-१२मा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट यस वर्ष एसईई दिएकी हुन् ।

उनी उतिर्ण भएको खुशीमा उनका बाबुले आयोजना गरेका थिए । उक्त कार्यक्रममा सुजलका आफन्त देखि पत्रकारहरुको पनि बाक्लो उपस्तिथी रहयो । उनले केक काटी खुशी व्यक्त गरेकी छिन् । उनको शिक्षा विषय लिएर पढ्ने आगामी योजना छ।

फरक क्षमता भएकी उनी विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी सधै भइरहने सुजल बोल्न र कान नसुने पनि राम्रो नाच्छिन् ।

उनी एक सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिस्टर एसईई’मा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् सर्वाधिक आत्मविश्वासीको टाइटल हात पार्न समेत् सफल भएकी थिइन। उक्त प्रतियोगितामा सहभागी रहेका ५५ किशोरीलाई उच्छिन्दै उत्कृष्ट पाँचमा पर्न सफल भएकी थिइन् । सो प्रतियोगिताबाट दर्शकको आँखामा छाउन सफल भएकी हुन्।

उनलाई मोडलिङ्गको अवसर पनि आउँन थालेको। उनका बाबुले छिट्टै नै नयाँ म्युजिक भिडियोमा सुजलले मोडलिङ गर्ने बताएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू