हेटौडामा भईरहेको भ्रष्टचारको ज्ञानेन्द्र शाहीले गरे पर्दाफास, उर्लियो जनसागर (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भ्रष्टचार विरुद्ध आवाज उठाउने ‘नेपालका लागी नेपाली’ अभियानको दोस्रो चरणको कार्यक्रम शुरु भएको छ। उक्त अभियानको शान्तिपूर्ण आन्दोलन शनिबार हेटौडाबाट शुरु भएको थियो। आन्दोलनमा अभियान्ताहरुले ‘लुट तन्त्र बन्द गर, भ्रष्टचारको अन्त्य गर’ भन्दै नारावाजी गरेका थिए।


शान्तिपूर्ण आन्दोलन पछि अभियन्ता ज्ञानेन्द्र शाहीले मकवानपुरमा भईरहेको भ्रष्टचार बारे खुलासा गरेका थिए। हेटौडा महानगरपालिकाको बजेटको तथ्यांक बारे बताउँदै उनले भने, ”महानगरपालिकाले एक करोड ९९ लाख ४ हजार रुपैया बेरजु गरेको छ। करिब १७ करोड खर्च मात्रै मोजमस्तीको रहेको छ। मयेर यो जनताको पैसा हो गाडी चड्ने मोजमस्ती गर्ने हैन। १७ करोड मध्य १० लाख मात्रै शिक्षामा र स्वास्थ्यमा खर्च गरेमा मकवानपुरको हरेक घरमा निशुल्क गर्न सकिनेछ।”

उनले भ्रष्टचार विरुद्ध मकवानपुर् बासीलाई एकजुट हुन् आग्रह गरेका छन्। जनताहरु घर-घरबाट उठेर देशभर भईरहेको भ्रष्टचारको अन्त्य गर्न लाग्नुपर्ने उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा…

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू