हेटौँडा, १५ असार: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताउनुभएको छ । पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उहाँले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले राजधानी कायम गर्न विभिन्न संवैधानिक एवम् कानूनी प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै स्थायी राजधानीको चाँदै टुङ्गो लाग्ने बताउनुभयो ।प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका १३ जिल्लामध्ये हेटौँडा स्थायी राजधानीका लागि उपयुक्त स्थान हेटौँडा रहेको बताउनुभयो । उहाँले सबै प्रक्रिया मिलाई राजधानीको टुङ्गो लगाउनुपर्ने भन्नुभयो ।
बुद्धिजीवी एवम् समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा राजधानीका लागि अत्यन्त उत्तम रहेको बताउनुभयो । उहाँले स्थायी राजधानी कायम गर्ने विषयमा ढिलो गर्न नहुने विचारसमेत व्यक्त गर्नुभयो । हेटौँडाको उद्योगीहरुले पनि हेटौँडा नै राजधानी रहनुपर्ने बताउनुभयो । रासस