जनताको करले बिदेशी अवार्ड आयोजना गर्ने भन्दै सरकारमाथि जंगिए भिम रावल (भिडियो )

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १५ असार : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु ठिक नभएको तर्क पनि गरे । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताए ।

सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाए । उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्व बजेट दिन जायज नहुने पनि बताए । नेता रावलले मन्त्रिपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराए । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको दावी छ ।

प्रतिक्रिया