बलात्कार आरोपीलाई आठ वर्ष कैद

राष्ट्रिय समाचार समिति

सप्तरी, २७ असार: बालिका बलात्कारका आरोपित बोदे बर्साइन नगरपालिका–६ का २१ वर्षीय मनोजकुमार दास तत्मालाई जिल्ला अदालतले आज आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले तत्मालाई आठ वर्ष कैद सजायको फैसला गर्नुका साथै रु ५० हजार क्षतिपूर्ति पीडितलाई भराउनसमेत फैसला गरेको अदालतले जनाएको छ । १२ वर्षीया बालिकालाई विसं ०७४मङ्सिर २६ गते बलात्कार गरेको आरोपमा तत्मा २०७५ मङ्सिर १० गतेदेखि राजविराज कारागारमा थुनामा छन् । रासस

प्रतिक्रिया