ज्ञानेन्द्र शाहीको खुट्टा समेत् छोए तर आज म झोले भए : साजन विश्वकर्मा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियान छाडेका साजन विकले गत हप्ता पत्रकार सम्मेलन गरी अभियानमा चलखेल भएको आरोप लगाएका थिए। उक्त अभियान कुनै दलभन्दा माथि रहेर स्वतन्त्र अभियान रहेको बताउदै आएपनि राजतन्त्रको पूर्णस्थापना गर्नु मुख्य उद्देश्य रहेको भन्दै अभियान छाडेका हुन्।

उनले भने, ‘हामीलाई झुकाईयो, ‘नेपालका लागि नेपाली’ स्वतन्त्र अभियान नभएर ‘नेपाल दर्शन पार्टी’को अभियान अन्तर्गतको अभियान रहेछ। भ्रष्टचारको अन्त्य गर्ने अभियान भनेर हाम्रो भावनासँग खेलबाड भयो।’

राष्ट्रिय नारा लगाई राष्ट्र खेल गर्ने षड्यन्त्र रचिएको उनको टिप्पणी छ। शाहीले उनलाई झोले भनेको भन्दै आक्रोशित पोखेका छन्।

‘सरकार ढाल्नु पर्छ भनेर हिड्ने पहिलो व्यक्ति त्यस अभियानमा मै थिए तर आज मलाई पार्टीको झोले भनियो।’ ,उनले भने। सरकारको गलत कार्यलाई रोकी देशभक्तिको स्वतन्त्र अभियान बनाउने नाममा भ्रम फैलाउन खोजेको विश्वकर्माको आरोप छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू