बुद्धको मूर्ती तोडफोड गर्नेलाई कारवाही हुनै पर्छ : धिरज राई (भिडियो)

मनिषा थापा
पिएनपिखबर : विगत १२ वर्ष देखि बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउने अभियानमा लागि परेका गायक धिरज राईले रुपन्देहीमा मुर्ति तोडफोड गर्ने समूहलाई जसरी पनि पक्राउ गरी कारवाही हुनुपर्ने उल्लेख गरेका छन्।

बुद्ध जन्मिएको देशमा नै बुद्धको मुर्ति तोड्नाले विश्वमा नराम्रो संदेश जाने उनको आपति छ। बुद्धको मुर्ति तोडफोड गर्नेलाई शान्तिपुर्वक नै सोचेर अनुसन्धान गर्नु जरुरी रहेको उनको भनाई छ।

यसको साथै उनले कयौ देशहरुले बुद्ध आफ्नो देशमा जन्मेको भनेर प्रचारप्रसार गरी भ्रम फैलाइएको भन्दै दुख व्यक्त गरे। उनको अनुसार, लामो समयदेखि भारत देखि, व्रिटिश, श्रीलंका र थाइल्याण्डजस्ता देशले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको भारतको यो प्रचारका कारण धेरैलाई गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । त्यसैले यसलाई चिर्दै भारतमा हैन, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन हामीले दिनु जरुरी छ ।

उनले भने, ‘नेपाल सरकारको हरेक तहमा गए तर मलाई ३ जवाफ आयो। विवादित विषय हो यसमा अघि नबढाउ एक, दोस्रो राजनीतिक मुद्दा हो र अर्को भनेको गायक हो गीत गाउँनतर्फ लाग्नुहोस। यस्तो लाग्छ उहाँहरु पनि विदेशमै जन्मिएको भ्रम फैलाउन चाहानुहुन्छ।’

संसारभरको करिव २७ वटा देशहरु गएर बुद्धको जन्मबारे गलत संदेश लेखिएको पुस्तकविरुद्ध कलेज, स्कुल र मन्त्रालयमा गएर आवाज उठाउने उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया