काठमाडौँ, ८ साउन: ‘हन्ड्रेड ग्रुप’ नामक फेसबुक ग्रुपका युवाहरूले अनौठो सामाजिक कार्यको थालनी गरेका छन् । अनामनगरमा पुरानो कपडाको ‘बैंक’ राखेर सो कार्यको थालनी गरेका हुन् ।
लगाउन मिल्ने पुराना कपडा तथा जुत्ताचप्पल जोसुकैले र्याकमा छोडेर जान सक्छन् । अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लिएर जाने गरेका छन् ।