काठमाडौँ, ११ साउन : गायिका प्रश्ना निरौला अधिकारीको आवाजमा रहेको मौलिक तिज गीत सार्वजनिक भएको छ। ‘हातमा चुरा’ बोलको निकै नै राम्रो गीत हालसालै मात्र सार्वजनिक भएको हो।
सारिका घिमिरेको शब्द तथा डेनी निरौलाको संगीत रहेको उक्त गीतको भिडियोमा किशन अर्याल ‘कृष्ण’को निर्देशन, मुकेश हुमागाईँको छायांकन र सरिता गौतमको भिडियो सम्पादन रहेको छ ।
दिपासा बिसीको छमछमी कम्मर मर्काईले यस गीतको भिडियोमा अझ सुनमा सुगन्ध थपिएको छ। गीत मौलिक र भिडियो पनि उत्तिकै राम्रो बनेको कारण दर्शकहरुले मन पराउनेमा गायिका प्रश्ना ढुक्क छिन ।
हेर्नुहोस भिडियो :