बिनयजंग बस्नेतको शहरमा पुग्दा ज्ञानेन्द्र शाहीको भव्य स्वागत

कृष्ण रोकाया

पिएनपिखबर : ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा न ८ मा भ्रष्टाचारविरुद्ध अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले शनिबार घर दैलो कार्यक्रम गरेका छन्। सो कार्यक्रममा महालक्ष्मी नगर वासीले खाता र फुल मालाले शाहीलाई भब्य स्वागत गरेका थिए। कार्यक्रममा स्थानीय वासीको बाक्लो उपस्तिथी रहेको थियो।

 

‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीको बाल्यअवस्था देखि हाल शाहीले बोकेको अभियानको बारेमा सामाजिक अभियान्ता बिनयजंन बस्नेतले कार्यक्रममा उल्लेख गरेका थिए । ११ /१२ बर्ष आफ्नै नगरपालिकामा बसेर आफूजस्ता साना-साना बालबालिकालाई निसुल्क टिउसन शिक्षा दिएको र सम्पूर्ण नगर वासीलाई दक्ष र शिक्षित बनाएको कुरा पनि समाजसेवी बस्नेतले प्रष्ट पारेका थिए।

सो कार्यक्रममा सामाजिक अभियान्ता बस्नेतले बेवारिसे व्यक्तिलाई आवास दिनको लागि घर निर्माण गर्न लाग्दा आफ्नै नगरपालिकाले वेवास्ता गरेको र हिमाल चड्दा भने एक व्यक्तिलाई आर्थिक सहयोग गरेकोमा असन्तुष्टि ब्यक्त गरे।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू