झुठो आरोपमा श्रीमान जेलमा, हिडडुल गर्न समेत् नसक्ने नन्दकुमारीको दर्दनाक पिडा यस्तो

मनिषा थापा

पिएनपिखबर : सिन्धुपाल्चोक जिल्ला घर भइ हाल भक्तपुर स्थित राजधानीमा बस्दै आएकी ३७ वर्षिया नन्द कुमारी प्रधान अहिले शारीरिक रुपमा अशक्त अवस्थामा छिन । विगत ८ वर्साष देखि उनले हातखुट्टा नचल्ने र राम्रोसंग हिडडुल गर्न सकेकी छैनन्। उनको साहारा भनेको दुई सन्तान र श्रीमान छन तर यस्तो अवस्थामा उनले श्रीमानको साथ पाएकी छैनन्।

उनको श्रीमान जेल परेको ११ वर्ष भईसक्यो। मान्छे मारेको अभियोगमा उनका श्रीमान जेलमा परेका छन्। तर उनी भने श्रीमानलाई झुटो आरोपमा जेल हालिएको बताउछिन। आर्थिक अवस्था निकै कमजोर भएकोले नन्दकुमारीको छोराछोरीलाई विदेशी संस्थाले हेरिरहेको छ।

उनलाई महिनामा ४ हजारको औषधि लाग्छ भने उपचारमै १० लाख खर्च भईसकेको उनी बताउँछिन्। अहिलेसम्म उनको बहिनीले नै घर खर्च चलाईदिएको उनले बताइन। उनी भक्कानिदै भनिन्, ‘शरीर मात्रै चल्ने भए म झुठो भाडा माझेर खान्थे। आफन्तले पनि मलाई हेला गर्छन। मलाई उपचारको लागि सकेको सहयोग गरी दिनुहोस मेरो कोहि छैन।’

दर्शकविन्द उनलाई साच्चै सहयोगको ठुलो खाँचो छ। उनलाई यस्तो अशक्त अवस्थामा हेर्ने कोहि छैन। खान लाउन मुस्किल भएको उनलाई अघिको उपचार गर्न पैसा छैन। पिएनपिमिडिया परिवारको तर्फबाट उनलाई सकेको आर्थिक सहयोग गरी उपचार गराउन मद्दत गराउन विनम्र अनुरोध गर्दछौ। उनको

हेर्नुहोस भिडियोमा नन्द कुमारीको दर्दनाक पिडा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू